हप्ता दिनअघि म UNESCO सँगको यात्रामा जिओनजु गएँ। बाटोमा म बसमा निद्राबाट उठेँ र झ्यालबाहिर हेर्दा हिमाल, खोला र हरियाली देखेँ। त्यो क्षणमा मलाई लाग्यो म नेपालमै छु |हजुरआमाको घर जाने बाटोमा। कोरियामा बसेको एक वर्षभन्दा बढी भइसक्यो, र मलाई मेरो परिवार धेरै सम्झना आउँछ।
त्यो वर्षाले मलाई हजुरआमाको साधारण पकवान, उहाँको माया, अनि आँधीका बेला कान छोपिदिने स्नेह सम्झायो। जिओनजुमा झ्यालबाट वर्षा हेर्दा, मैले फेरि एकचोटि त्यही माया महसुस गरेँ धेरै समयपछि। यस्तो लाग्यो, टाढा भए पनि केही भावना कहिल्यै हराउँदैनन्।